४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई पठाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले संघीय संसदको संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने निर्णय भएको छ। खतिवडाले आफूलाई सभापतिमा सार्ने पार्टीको निर्णय भएको जानकारी प्राप्त भएको जानकारी दिए। 

यसअघि खतिवडा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए। निजामती कर्मचारी विधेयकमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीमा खतिवडामाथि नैतिक प्रश्न उठेपछि उनले त्यहाँबाट राजीनामा दिएका थिए।

खतिवडाले राजीनामा दिएको सो पदमा पछि संघीय संसद्का दुवै सदन सम्मिलित संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई ल्याइएको थियो। 

न्यौपानेले राजीनामा दिँदा रिक्त भएको संसदीय सुनुवाइ समितिको सभापतिमा अब खतिवडालाई पठाउने कांग्रेसले निर्णय गरेको हो। 

शुक्रबार(भोलि) हुने सुनुवाइ समितिको सभापतिको निर्वाचनमा आज(बिहीबार) मनोनयन दर्ताको कार्यक्रम छ। जसमा नेकपा एमालेले उम्मेदवारी दिने छैन। विपक्षी दलहरूको त्यहाँ बहुमत पुग्दैन। 

यसै कारण खतिवडा निर्वाचित हुने प्रस्ट गणित छ। निर्वाचनमा आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ । भोलि साँझ ५ बजे निर्वाचन हुने कार्यतालिका छ।

प्रकाशित: १९ भाद्र २०८२ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App