नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज पनि बस्दै छ। असोज २८ गतेदेखि सुरु भएको बैठक बिहान ११:३० बजे पुनः बस्ने भएको हो।
जारी बैठकमा नेताहरूले आआफ्नो धारणा राख्नेक्रम चलिरहेको छ। पार्टीको १५औं महाधिवेशनसहितका विषयमा पार्टीका नेताहरूले आआफ्नो तर्क राख्ने क्रमजारी छ। पार्टीको विशेष महाधिवेशनको विषय केही दिनअघिसम्म प्रधान हुँदै गएपनि पछिल्ला दिनमा उक्त विषय कमजोर बन्न पुगेको छ।
बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुरका साथै केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आ–आफ्नो धारणा राखेका छन्।
प्रकाशित: २० कार्तिक २०८२ ०९:१८ बिहीबार





