१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

फाइल तस्बिर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार (आज) बस्ने भनिएको बैठक स्थगित भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेगरि स्थगित भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए। 

प्रकाशित: २९ कार्तिक २०८२ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App