२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक कात्तिक १३ गते बस्ने

फाइल फोटो

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री ऋषिकेश गौतमको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै शनिबार बसिरहेको केन्द्रीय समिति बैठक स्थगित भएको हो।  

अब अर्को बैठक तिहार र छठ सकिएपछि कात्तिक १३ गते बस्ने तय भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकाेटीले जानकारी दिए। ‘तीन दिन शोक बिदा मनाउने निर्णय भयो। सँगै तिहार र छठ पनि आयो। त्यसैले अब कात्तिक १३ गतेका लागि बैठक बस्ने निर्णय भएको छ,’ उनले भने।

८४ वर्षीय गौतम नेपालको लोकतान्त्रिक आन्दोलनका एक योद्धा थिए। पूर्व मन्त्री समेत रहीसकेका उनी नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य र  बारा कांग्रेसका पूर्व सभापति पनि थिए। उनको शुक्रबार राति ९ः१५ बजे काठमाडौंको पेप्सीकोला स्थित निजी निवासमा निधन भएको कांग्रेसले जनाएको छ।

उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको भन्दै कांग्रेसले कात्र्तिक आजबाट तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, कात्र्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १ कार्तिक २०८२ १६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App