प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक पनि बैठकमा अनुपस्थित भएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो।
गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीसँग मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा जवाफ माग गर्नुपर्ने भन्दै कांग्रेसले प्रधानमन्त्री बैठकमा लगातार नआएपछि बैठक बहिष्कार गरेको हो।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव रहेका छन्। उनीहरू सोमबार ११ बजे बोलाएको बैठकमा अनुपस्थित रहे।
नेता आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताएका छन्।
यसअघि पनि प्रधानमन्त्री शाह अनुपस्थित हुँदा समिति बैठक प्रभावित भएको थियो।
प्रकाशित: २८ वैशाख २०८३ १३:२४ सोमबार





