दैलेख क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसकी बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका रबिन्द्रराज शर्माको ११ हजार ७९६ मत आएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत पाण्डेका अनुसार रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंह ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा माओवादीका रामलाल बिश्वकर्माले २३५, राजमोका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदबार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीका उम्मेदवार मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेको जनाइएको छ ।
प्रकाशित: २३ फाल्गुन २०८२ ०६:३९ शनिबार





