२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (शुक्रबार) काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे राष्ट्रिय भेला आयोजना हुन लागेको हो। भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन्।

भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ। बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने बताइएको छ। भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवालाई इतर समूहका नेता-कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै सोझै चुनदेवी कार्यालय पुर्‍याएका थिए। कार्यकक्षको बाहिर र चेम्बरभित्र देउवाको नामअघि सभापति लेखिएको बोर्ड राखिएको छ।

इतर समूहले आजदेखि काठमाडौंमा आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा सो बोर्ड राखिएको हो।

प्रकाशित: २९ श्रावण २०८३ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App