१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेन्द्रलाई बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्रीले भने : सहकार्य गर्न तत्पर छौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको भारी विजयपछि प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा शरीफले सामाजिक सञ्जाल 'एक्स' मार्फत बधाई दिएका हुन्।

पाकिस्तानले नेपालसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई गहिरो महत्त्व दिने शरीफले बताएका छन्। उनले बधाई सन्देशमा लेखेका छन्, ‘द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्न र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिको हाम्रो साझा लक्ष्यलाई अगाडि बढाउन म प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्न तत्पर छु।’ 

नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत शरीफले व्यक्त गरेका छन्।

प्रकाशित: १३ चैत्र २०८२ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App