नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जी आन्दोलन माओवादीले गरेको १० वर्षे जनयुद्धको जस्तै खराब हालतमा पुगिसकेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै चन्दले यस्तो टिप्पणी गरेका हुन्।
चन्दले आफू र आफ्नो पार्टीले जेन–जी विद्रोहलाई समर्थन गरेको पनि बताए। ‘जेन–जी आन्दोलनमा डे वानदेखि हाम्रो समर्थन थियो। दुई दिनपछि सरकार ढल्यो, संसद् र सिंहदरबार जल्यो,’ चन्दले भने, ‘जेन–जीहरू संगठित हुने प्रक्रियामा जान सकेन र नेपालमा जेन–जी विद्रोह फेरि असफलता तिर जाने संकेत देखिएको छ।’
जेन–जी आन्दोलन लगभग जनयुद्धकै हालतमा त्यो भन्दा पनि खराब स्थितिमा जेन–जी विद्रोह पुगिरहेको उनले बताए। उनले अगाडि भने, ‘जसरी जनयुद्धपछिको अवस्थालाई दलालहरूले कब्जा गरे ठिक त्यसै गरी जेन–जी विद्रोहपछिको नेपाललाई पनि विदेशी दलालहरूले कब्जा गर्ने षडयन्त्र गरिरहेका छन्, अहिले।’
प्रकाशित: २० कार्तिक २०८२ १६:५८ बिहीबार





