पूर्वशिक्षा मन्त्री विद्या भट्टराईले कम्युनिस्ट परिवर्तनको पक्षधर भएको बताएकी छन्।
उनले यो मान्यताका आधारमा कम्युनिस्ट पार्टीहरू सञ्चालन हुन नसक्नुका कारण आजको स्थिति आएको उल्लेख गर्दै यस्तो बताएकी हुन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'कम्युनिस्ट परिवर्तनको पक्षधर हो भन्ने मान्यता र पक्षधरता सदा दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुन्छ भन्ने सोच आम रूपमा रहे पनि यो सोच अनुसार कम्युनिस्ट पार्टिहरू सञ्चालन हुन नसक्नुका कारण आजको परिणाम आएको हो।'
भट्टराईले रचनात्मक संवाद गर्नुपर्ने र विगतका कार्यशैली तथा व्यवहारगत त्रुटिहरूको वस्तुगत समीक्षा गरेर आगामी दिनको सुखद यात्रा तय गर्नुपर्नेमा जोड दिइन्।
'रचनात्मक संवाद गरौँ र विगतका कार्यशैली र व्यवहारगत त्रुटिको वस्तुगत समीक्षा गरौ र आगामी दिनको सुखद यात्रा तय गरौँ,' उनले सुझाएकी छन्।
प्रकाशित: २८ फाल्गुन २०८२ ०९:०४ बिहीबार





