१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्री भन्छन्: देश निर्माण गर्न एउटा पुस्ताले त्याग गर्नुपर्छ

संञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नु पर्ने बताएका छन् ।  

सुनौलो नेपालले चितवनमा आयोजना गरेको भरतपुरको बिकास मोडल र भविश्यका सम्भावना बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रीको हैसियतभन्दा पनि जिम्मेवार नागरिकका रूपमा मुलुकका लागि योगदान दिन आफू आएको बताए ।

सबैले इमान्दारीपूर्वक देशलाई योगदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नैपर्ने र  त्यसले आगामी पुस्तालाई राम्रो भविष्य दिन सकिने बताए ।

देशका लागि त्याग गर्ने जिम्मेवारी अहिलेको पुस्ताको काँधमा रहेको उल्लेख गर्दै यदि हामीले त्याग नगरे देश मरुभूमि बन्न सक्ने भन्दै उनले सबै मिलेर देश बचाऔँ, देश बनाऔँ भन्ने आह्वान गरेका छन् ।  

 

प्रकाशित: १८ पुस २०८२ २२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App