नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुबालाई साक्षी राखेर पदभार ग्रहण गरेका छन् ।
सोमबार नै पद तथा गोपनियताको शपथपछि सिंहदरबार आएर खरेलले पदभार ग्रहण गरे ।
उनले आफ्ना बुबा सिद्धिप्रसाद खरेललाई लिएरै मन्त्रालय पुगेका थिए । यहाँ पनिले बुबालाई परिचय गराए । छोरालाई राम्रो काम गर्न सुझाव दिएको बुबा सिद्धिप्रसादले सञ्चारकर्मीलाई बताएका थिए ।
पदभार ग्रहणपछि पहिलो निर्णय भने आफैँले गर्ने भन्दै खरेलले कर्मचारीले ल्याएको निर्णयमा हस्ताक्षर गरेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए ।
प्रकाशित: ६ आश्विन २०८२ १६:४५ सोमबार





