१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्री खरेलले भेटे देउवा, के भयो कुराकानी ?

सञ्चारमन्त्री जगदिश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

आज बिहान ९:३० बजे देउवाकै निवासमा भेट्ने कार्यतालिका अनुसार उक्त भेट भएको हो।।र

भेटका क्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाइदिन आग्रह गरेको उनको सचिवालयले नागरिकन्युजलाई जानकारी दिएको छ।

यसपश्चात् खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेट्ने भएका छन्। 

मन्त्री खरेलले ओलीलाई उनकै निजी निवास गुण्डुमा ११:०० बजे र प्रचण्डलाई पनि उनकै निजी निवास १२:०० बजे भेट्ने छन्।

प्रकाशित: ११ पुस २०८२ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App