२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

पूर्वसभामुख महराविरुद्ध आज थुनछेक बहस

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज थुनछेक बहस हुने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी मुद्दामा अनुसन्धान गर्न आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २८ आश्विन २०८२ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App