२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी युवाहरुको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरणका लागि मापदण्ड बनाउन सुरु गरेको छ।

मन्त्रालयका अनुसार घाइतेहरुको वर्गीकरण गर्न गठित प्राविधिक समितिको बैठकले वर्गीकरणको मापदण्ड निर्धारण गर्ने कार्य प्रारम्भ गरेको हो। समितिको बैठक गत शुक्रबार र आज (सोमबार) बसेको थियो।

मन्त्रालयले घाइतेहरुको उपचारमा संलग्न अस्पतालहरुलाई वर्गीकरणको कार्यमा सहयोग गर्न पनि अनुरोध गरेको छ।

प्रकाशित: २७ आश्विन २०८२ १५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App