२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चुनावी मैदानमा टक्कर, मञ्चमा ‘मुसुक्क’ ओली–पोखरेल

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्वका लागि ‘प्यानल वार’ चलिरहँदा मञ्चमा भने बेग्लै दृश्य देखिएको छ।

चुनावी मैदानमा एक–अर्काविरुद्ध प्यानल नै बनाएर उत्रिएका अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल मञ्चमा भने निकै प्रफुल्ल मुद्रामा देखिएका छन्।

मंगलबार साँझ मतदान सुरु हुनु ठीक अघि भृकुटीमण्डपस्थित बन्दसत्र हलको मञ्चमा ओली र पोखरेल सँगै बसेका थिए।

बाहिर प्रतिनिधिहरू हातमा गुटगत सूची बोकेर तनावपूर्ण माहोलमा लाइन बसिरहँदा मञ्चमा भने दुवै नेता मुसुक्क मुस्कुराउँदै भलाकुसारी गरिरहेको देखिन्थ्यो।

महाधिवेशनमा अध्यक्ष पदका लागि ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

दुवै पक्षले आ–आफ्नो प्यानल जिताउन कम्मर कसेका छन्। केही बेरमा सुरु हुने मतदानका लागि २ हजार २ सय ६२ प्रतिनिधिहरू लामबद्ध भइसकेका छन्।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १ पुस २०८२ २०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App