२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गाली गरेका महेश बस्नेत र दुर्गा प्रसाईं दुवैको मुद्दामा दावी पुग्ने

गाली बेइज्यती सम्बन्धि नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाई दुवैको मुद्दामा दावी पुग्ने भएको छ ।  

दुवैले एक अर्काविरुद्ध दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दामा दावी पुग्ने भन्दै अदालतले फैसला गरेको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इलसाले सोमबार दुवैले एक अर्काविरुद्ध हालेको मुद्दामा माग बमोजिमको दावी पुग्ने फैसला गरेको हो ।

बस्नेतले प्रसाईविरुद्ध २०८० कात्तिक १७ र प्रसाईले बस्नेतविरुद्ध कात्तिक ११ गते गाली बेइज्जती मुद्दा दर्ता गरेका थिए । फैसलामा के सजाय हुने भन्ने आइसकेको छैन । दुवैले कैद र जरिवाना सजायको माग गरेका छन् ।

 

प्रकाशित: २१ पुस २०८२ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App