६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाहलाई मधेशी भेषभूषामा यूएन सम्बोधन गर्न सीके राउतको सुझाव

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघ (यूएन) मा सम्बोधन गर्दा नेपालको मधेशी भेषभूषा धाेती, सुरुवाल–कुर्ता तथा गम्छा/पकडी लगाउन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत राउतले प्रधानमन्त्रीसँग आफूहरूको अपेक्षा यूएनलाई मधेशी भेषभूषामा सम्बोधन गर्नु रहेको बताएका हुन्।

उनले यस्तो पोसाकमार्फत नेपाल ‘एकल जातीय राष्ट्रवाद’ मात्र नभई बहुसांस्कृतिक मुलुक भएको सन्देश विश्वमा दिन सकिने बताएका छन्। साथै, तराई–मधेशका जनताको मतको कदर हुने उनको भनाइ छ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफूले ‘एकल जातीय र नश्लीय सोचले ओतप्रोत सेनाले घेरिएका’ र ‘डिनायल’को चरणमा रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीले आफूले अपेक्षा गरेअनुसारको साहस देखाउन सक्नेमा आशंका व्यक्त गर्दै पनि शुभयात्रा तथा शुभकामना दिएका छन्।

'प्रधानमन्त्रीज्यूसँग हाम्रो अपेक्षा भनेको नेपालको मधेशी भेषभूषा (धोती/सुरुवाल, कुर्ता, गम्छा/पकडी) लगाएर यूएनलाई सम्बोधन गर्नु हो, ताकि नेपाल भनेको देश बेचुवा टोपी राष्ट्रवाद र एकल जातीय नश्लवाद मात्रै होइन, बहुसांस्कृतिक मुलुक हो भन्ने सन्देश विश्वमा जाओस्। साथै, तपाईंलाई एकछत्र मत दिने तराई–मधेशका जनताको मतको कदर पनि होस्,' उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'एकल जातीय र नश्लीय सोचले ओतप्रोत सेनाले घेरिएका र ‘डिनायल’को चरणमा रहनुभएका तपाईंले त्यति हिम्मत देखाउन सक्नुहुन्छ जस्तो लाग्दैन। तैपनि, शुभयात्रा तथा शुभकामना।'

प्रकाशित: ६ आश्विन २०८३ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App