१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई चीनको बधाई, भन्यो : नेपालसँग काम गर्न तयार छौँ

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले पनि बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई नेपालको अन्तरिम सरकारबारे चीनको टिप्पणीबारे सोध्दा जवाफमा उनले कार्कीलाई बधाई दिएका हुन्। उनले भने, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा चीनले सुशीला कार्कीलाई बधाई दिएको छ।’ 

उनले अगाडि भने, ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता छ। चीनले सधैँजस्तै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्छ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौं।’

यसअघि भारत, अमेरिकासहित विभिन्न देशले पनि कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

प्रकाशित: २९ भाद्र २०८२ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App