२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालबालिकासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छफलका लागि विषयगत समितिमा पठाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले राखेको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे। उक्त प्रस्तावलाई सभाको सर्वसम्मति स्वीकृति प्राप्त भएको थियो । सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए।

सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भन्ने कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित: १९ भाद्र २०८२ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App