बिहिबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू विभिन्न प्रदेशका निर्वाचन क्षेत्रमा अग्रता प्राप्त गरेका छन् । निर्वाचन आयोगको प्रारम्भिक मतपरिणामअनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारले अग्रता हासिल गरेका हुन् ।
बागमती प्रदेश
बागमती प्रदेशअन्तर्गत ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा उदय शमशेर जबराले अग्रता प्राप्त गरेका छन् । उनले पछिल्लो मतपरिणाम अनुसार ५ हजार ४ मत प्राप्त गरेका छन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशको मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा टेक बहादुर गुरुङले अग्रता प्राप्त गरेका छन् । उनले हालसम्म ९१४ मत प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका दुई निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारले अग्रता बनाएका छन्। जसमा कपिलवस्तु क्षेत्र नम्बर ३ मा अभिषेक प्रताप शाहले २ हजार ९३४ मत प्राप्त गरेका छन् । त्यसैगरी प्यूठान १ मा डा गोविन्दराज पोखरेल १ हजार ९८४ मत सहित अग्रता प्राप्त गरेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पनि कांग्रेसका उम्मेदवारहरूले अग्रता बनाएका छन्। जसमा दैलेख क्षेत्र नम्बर १ मा वासना थापाले २ हजार ९७४ मत सहित अग्रता प्राप्त गरेकी छिन् भने सुर्खेत १ बाट मा विष्णु बहादुर खड्का २ हजार ५१० मत सहित अग्रता प्राप्त गरेका छन् ।
प्रकाशित: २२ फाल्गुन २०८२ १५:३४ शुक्रबार





