१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

तीन दिन लामो सुनुवाइ गरेपछि आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुखको नाममा परमादे‍श जारी गरेको हो।

गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भनी ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्चले यस्तो आदेश गरेको हो।

अब सर्वोच्चको आदेश बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ। यदी उनले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहनेछन्। विश्वासको मत नपाएमा अर्को विकल्प गर्नू भनेर समेत सर्वोच्चले आदेश दिएको छ।

आदेश अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा( २)बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेछ।

प्रकाशित: १५ मंसिर २०८२ २०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App