३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने सुरक्षा निकायलाई मुख्यमन्त्री दिए धन्यवाद

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले ८ वटै जिल्लाका सुरक्षा निकाय तथा अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मधेस प्रदेश सरकारद्वारा शुक्रबार जनकपुरधाममा आयोजित निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनलाई शान्ति र सुरक्षित बनाउन सुरक्षा निकायले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

उनले ८ वटै जिल्लामो कुनै पनि मतदान स्थलमा कुनै अप्रीय र असंवैधानिक घटना नहुनदिन सुरक्षा निकायले खेलेको भूमिका सम्मानयोग्य रहेको बताए ।

प्रदेश सरकारसँग आफ्नो प्रहरी प्रशासन नभएपनि समन्यवकारी भूमिकाको आधारमा प्रदेश सरकारलाई सुरक्षाकर्मीहरुले दिँदै आएको सुरक्षाका लागि मुख्यमन्त्री यादवले आभार प्रकट गरेका छन् ।

उनले संविधान बमोजिम प्रदेश सरकारले आफ्नो प्रहरी प्रशासन पाउनु पर्ने उल्लेख गर्दै नयाँ सरकारसंग प्रदेशले पाउनु पर्ने अधिकार अब पाउनेमा आशावादी रहेको बताए । सीमानाकामा हुने अप्राधिक गतिविधि, आवतजावत, तस्करीहरु हालसम्म कम हुन नसकेको स्मरण गराउँदै मुख्यमन्त्री यादवले प्रदेश सरकारको मातहतमा प्रहरी प्रशासन भएमा यी समस्याहरु समाधान हुने उल्लेख गरे ।

कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले चुनाव सुरु हुनु भन्दा पहिलादेखिको तयारी र चुनाव सम्पन्न भएपछि मतगणना हुने बेलासम्म खेलेको समन्वयकारी भूमिकाप्रति आभार प्रकट गरेका थिए । उनले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

 

प्रकाशित: २७ चैत्र २०८२ २१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App