१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सहिदहरूले देखाएको बाटो पछ्याउँदै अघि बढ्ने मुख्यमन्त्रीको प्रतिबद्धता

फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

आज राउतको सहादत दिवसका अवसरमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सबै सहिदप्रति सम्मान प्रकट गरे। 

मुख्यमन्त्री सिंहले सहिदहरूले देखाएको बाटो र आदर्शलाई पछ्याउँदै मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गरे। उनले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गरे। 

मधेसवादी दलहरूको आन्दोलनका विसं २०७२ भदौ १ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लागी राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो। रासस

प्रकाशित: १ भाद्र २०८२ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App