गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा अवस्थित चीनको तिब्बतसँग जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन्।
मुख्यमन्त्री पाण्डेले मंगलबार नाका पुगेर त्यहाँको वर्तमान अवस्था, सुरक्षा व्यवस्था र भावी सम्भावनाबारे जानकारी लिएका हुन्। सचिवालयका अनुसार निरीक्षणका क्रममा उनले सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूसँग नाकाको व्यवस्थापनका विषयमा छलफल गरे।
कोरला नाकालाई गण्डकी प्रदेशको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा लिँदै उनले यसले नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गका रूपमा व्यापारिक र पर्यटकीय महत्त्व राख्ने बताए।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले कोरला नाका नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गका रूपमा व्यापार, पर्यटन तथा आर्थिक विकासका दृष्टिले ठूलो सम्भावना बोकेको बताए। स्थानीय स्तरमा पूर्वाधार विकास, सीमा व्यवस्थापन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै यस नाकालाई व्यवस्थित र सशक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भनाइ उनको थियो।
मुख्यमन्त्री पाण्डेले सीमा क्षेत्रको पूर्वाधार विकास र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नाकालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले निरन्तर पहल गर्ने उल्लेख गरे।
प्रकाशित: १५ वैशाख २०८३ १४:०२ मंगलबार





