२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवतको शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४६ को ऐतिहासिक अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा नेपाल संवत्लाई नेपालको गौरवपूर्ण इतिहास र मौलिक पहिचानसँग जोडिएको सम्वत् भएको उल्लेख  छ। यसैगरी नेपाली समाज, संस्कृति र सृजनशील परम्पराको निरन्तरताको प्रतीकका रूपमा सबै नेपालीहरूलाई आत्मसम्मान र गौरवको भावनामा जोड्ने आधार नेपाल संवत् बनेको उल्लेख छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै जातजाति, भाषा, धर्म र संस्कृतिको एकता आवश्यक रहेको उल्लेख गर्दै नेपाल संवत्ले सामाजिक एकतालाई अझ मजबुत बनाउन, नेपालीबीचको सहअस्तित्व, सहिष्णुता र सद्भावलाई अझ सुदृढ बनाउन प्रेरणा दिने सन्देशमा भनिएको छ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै विविधतामा एकताको भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा अघि बढ्न सबैसँग आह्वान गरेका छन्।

'नेपाल संवत् ११४६ ले सबैमा नयाँ उत्साह, उमङ्ग, ऊर्जा र समृद्धिको भावना जगाओस्,' मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित: ५ कार्तिक २०८२ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App