२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

नेपाल संवत् नेपालीहरूको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति शंखधर साख्वाले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् मानवता, समानता, सामाजिक न्याय र परोपकारको प्रेरणादायी ऐतिहासिक दस्तावेजसमेत भएको बताए।

उनले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्ने सन्देश नेपाल संवत्ले दिएको उल्लेख गरेका छन्।

विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले समृद्ध कोशी प्रदेशको आफ्नै विशिष्ट ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान रहेको बताउँदै मुख्यमन्त्री कार्कीले हिमाल, पहाड र तराईको विविधतायुक्त प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायका मौलिक पर्व, कला, साहित्य र परम्परा साझा सम्पत्ति तथा गौरव भएको उल्लेख गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App