४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बाँके–१ मा रास्वपाका चौधरी निर्वाचित

बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए।

चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन्। यसैगरि, नेकपा (एमाले) का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत वाग्लेले  बताए।

प्रकाशित: २३ फाल्गुन २०८२ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App