१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

‘विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राज्य सञ्चालन र विकासको विद्यमान कार्य संस्कृतिमा परिवर्तन आवश्यक रहेको  बताए। त्यसका लागि परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण परिषद्को ११औँ बैठकलाई आज धनगढीमा सम्बोधन गर्दै उनले  नवीनतम सोच, नवप्रवर्तन र रूपान्तरणकारी योजनामार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने र यसमा लाग्नुको विकल्प नरहेको बताए। 

मुख्यमन्त्री भट्टले विकासका लागि योजना निर्माणमा मात्रै सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र उपलब्धिको मूल्याङ्कनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। त्यसका लागि तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक अनुसन्धान आवश्यक रहेको बताए। 

मुख्यमन्त्री भट्टले नवीन सोच र अनुसन्धानमा आधारित योजनाले विकासका प्राथमिकता पहिचान गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले सुदूरपश्चिम प्रदेशको समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण तथा योजनाको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। 

प्रकाशित: १४ कार्तिक २०८३ १७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App