१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
अपराध

सुनसरीमा जुवा खेलिरहेका ११ जना पक्राउ, ८१ हजार बरामद

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ लक्ष्मी टोलबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बराहक्षेत्र नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष श्रेष्ठसहित ११ जनालाई शुक्रबार राति नियन्त्रणमा लिएको हो।

प्रहरीले जुवाखालबाट नगद ८१ हजार ९५० रूपैयाँ र १३ थान कौडा समेत बरामद गरेको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८३ १७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App