नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवारी मनोनयनका लागि आज झापा जाँदै छन्।
झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ताका लागि आज विहान १०:२५ बजेको विमानबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ। पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने छन्। यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए।
क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने छन्। आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए।
अध्यक्ष ओलीले जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।
प्रकाशित: ५ माघ २०८२ ०७:०६ सोमबार





