११ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक मंसिरमा बस्ने

नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ। कात्तिक १३ र १४ गतेका लागि बोलाइएको बैठक मंसिर ५ र ६ गते बस्ने गरी सारिएको हो।  

पार्टीका अध्यक्ष कबिर सोपका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने सूचना जारी गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बैठक सारिएको हो। प्राधिकरणको सूचनाअनुसार सतर्कता अपनाउनुपर्ने अवस्था देखिएकाले बैठकको मिति परिवर्तन गरिएको उनले बताए। 

मंसिर ५ र ६ गते बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने पार्टीले जनाएको छ। बैठकले निर्वाचनको रणनीति तय गर्नुका साथै उम्मेदवार छनोटसम्बन्धी मापदण्ड र प्रक्रिया निर्धारण गर्ने तयारी गरेको छ। 

बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार कसरी छनोट गर्ने, उम्मेदवारीका आधार र मापदण्ड के हुने तथा चुनावी रणनीति कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ। 

पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आवश्यक योजना र रणनीति बनाएर अघि बढ्ने जनाएको छ। 

प्रकाशित: ११ कार्तिक २०८३ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App