नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता भएको छ।
सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको हो ।
प्रकाशित: १७ भाद्र २०८२ १६:२२ मंगलबार





