मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो। आजको बैठकमा केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ।
”कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले भने, “कोशी टप्पुलाई छिट्टै राष्ट्रिय निकुञ्ज नबनाए मध्यवर्ती क्षेत्रमा मानव–जंगली जनावर द्वन्द्व अझै चर्किने निश्चित छ।”
बचतकर्ताको जम्मा रकम फिर्ता नगरेपछि पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले अभियोग दर्ता गराएको जनाइएको छ।
संघका अध्यक्ष डा. हेमराज शर्मा ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिले नयाँ सोच, ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको बताएका छन्।