१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कार्तिक १७ लाई तोकिएको उपनिर्वाचन रद्ध

सरकारले कार्तिक १७ गते सञ्चालन गर्न लागेको उपनिर्वाचन रद्ध भएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको कार्यक्रम रद्ध भएको जानकारी दिएको छ ।  

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।’

आयोगले राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभा विघटन गरी नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेकाले उपनिर्वाचन रद्ध गरेको उल्लेख गरिएको छ ।  

आयोगले भनेको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा  ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२/०५/२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

प्रकाशित: ३० भाद्र २०८२ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App