१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

व्यवसायीका समस्या सुल्झाउन सरकार सकारात्मक: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन तथा भौतिक पूर्वाधार विकासका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्। उनले यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए।

शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सम्बन्धित सबै पक्षबीच सक्रिय तथा प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। 

छलफलका क्रममा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। 

उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै निर्माण क्षेत्रका समस्या समाधानका लागि आवश्यक नीतिगत तथा व्यावहारिक सुधार गर्न आग्रह गरेका थिए।

प्रकाशित: २५ असार २०८३ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App