४ वैशाख २०८३ शुक्रबार
image/svg+xml
राजनीति

‘बफर स्टेट’ नेपालका लागि कदापि स्वीकार्य हुन सक्दैन : कमल थापा

राप्रपाका नेता कमल थापाले विगतमा नेपालका कुनै पनि राजा वा नेताहरूले नेपालको पहिचानका सन्दर्भमा ‘बफर स्टेट’ शब्द प्रयोग नगरेको बताएका छन्। वास्तवमा ‘बफर स्टेट’ एक औपनिवेशिक अवधारणा भएका कारण नेपालका लागि कदापि स्वीकार्य हुन नसक्ने बताए।

​हालै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र र बालेन्द्र सरकारद्वारा प्रस्तावित ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने नीति सार्वजनिक भएपछि यो विषय चर्चाको शिखरमा छ। यदि राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त अवधारणा जानीबुझी वा कुनै नियतवश आएको हो भने त्यो अत्यन्तै आपत्तिजनक रहेको उनको भनाइ छ। यसलाई सम्बन्धित पार्टी र सरकारले तत्काल सच्याउनु पर्ने उनले बताए।

​यद्यपि, आफूले शङ्काको सुविधा दिँदै बालेन्द्र सरकारको नीतिलाई फरक ढङ्गले बुझेको भनाइ राखे। यसलाई दुई छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित एवं सुमधुर सम्बन्ध कायम राख्दै नेपाललाई दुई देशबीचको गतिशील व्यापारिक केन्द्र बनाउने एउटा व्यावहारिक रणनीतिको रूपमा लिएको उनले बताए।

प्रकाशित: ४ वैशाख २०८३ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App