११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

आसन्न निर्वाचन सफल बनाउन बेलायतले सघाउने

गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच आज भेटवार्ता भएको छ ।  

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको थियो । जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्यीकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाका विषयमा फेनसहितको टोलीले तारिफ गरेको थियो ।  

राजदूत फेनले नेपालमा हुन गईरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गर्नुका साथै दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधै प्रगाढ रहिरहनेसमेत बताए । 

प्रकाशित: २८ कार्तिक २०८२ १५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App