१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विष्णु पौडेल भन्छन्: संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरेर चुनावमा जानुपर्छ

फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद् पुर्नस्थापना गरि संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् ।

जेन-जी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना हुनुपर्ने उनको भनाइ छ ।

उनले भाद्र २३ गते जेन-जी युवा पुस्ताको हत्याको घटनाको छानविन गरि कारवाही हुनुपर्ने र भदौ २४ गते  भएको आगजनी र विध्वंसको पनि छानविन गरि कारवाही हुनुपर्ने धारणा राखे ।

पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्ने दावी पनि गरे ।

 

प्रकाशित: १९ कार्तिक २०८२ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App