१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विराटनगरको आक्रामक सुरुवात, पावरप्लेमै काठमाडौंको ३ विकेट पतन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सले काठमाडौं गोर्खाज विरुद्ध सानदार सुरुवात गरेको छ।

टस जितेर फिल्डिङ रोजेको विराटनगरले काठमाडौंका ब्याटरहरुलाई सुरुदेखि नै दबाबमा राखेको छ।

काठमाडौं गोर्खाजले ७ ओभरको समाप्तिमा मात्र २५ रन बनाएर आफ्ना ३ महत्वपूर्ण विकेट गुमाइसकेको छ। टिमले पावरप्लेमा जम्मा २२ रन जोड्दै ३ विकेट गुमायो।

विराटनगरका बलर मर्चेन्ट डी लांगेले काठमाडौंको टप अर्डर ध्वस्त पारे। उनले आफ्नो ३ ओभरको स्पेलमा मात्र ५ रन दिएर २ विकेट लिए।

ओपनर आकाश त्रिपाठीलाई शुन्यमा सन्दीप लामिछानेको हातबाट क्याच गराए। प्रतिक श्रेष्ठलाई २ रनमा विकेटकिपर लोकेश बमद्वारा क्याच आउट गराए।

प्रकाशित: ६ मंसिर २०८२ १६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App