नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रपति रामचन्द्र पौडेलबारे संवेदनाहीन टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित सभामा चन्दले ‘जल जलेर पनि बाँचेको’, ‘भाग्दै बाँचेको’, ‘तालुमा आलु फलेको’ जस्ता असंवेदनशील अभिव्यक्तिसहित टिप्पणी गरेका हुन्।
‘यो राष्ट्रपति तपाईँले सुन्नुभएको छ कि छैन। तालुमा आलु फलेको राष्ट्रपति। शक्तिले भएको होइन, तालुमा आलु फलेको हो,’ चन्दले भने, ‘घर जलेर पनि बाँचेको राष्ट्रपति। कोठामा बस्न नसकेर भाग्दै बाँचेको राष्ट्रपति। राम्रोसँग सुन्नुस्। तपाईँले सुन्नुपर्छ।’
त्यसपछि संविधानमा राष्ट्रपतिको अधिकार क्षेत्र नै नभएको विषयमा चन्दले ध्यानाकर्षण गराए। ‘नेपालमा के हुनु जरुरी छ भने एउटा शक्तिशाली नागरिक आयोग आवश्यक छ’, उनले भने।
नागरिक आयोगले छानबिन गरेपछि शक्तिशाली न्यायालय बनाएर त्यसैको अन्तिम फैसला हुने गरी व्यवस्था गर्नुपर्ने उनले बताए।
प्रकाशित: २० कार्तिक २०८२ १७:१४ बिहीबार





