प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।
यसबिच, बाढी पूर्वअनुमान महाशाखाले रसुवा भोटेकोसीबाट आएको बाढी धादिङको गल्छी आसपास पुगिसकेको र केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको जानकारी गराएको छ।
महाशाखाले बिहान १०:५१ बजे सूचना जारी गर्दै पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ राजमार्ग लगायत त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो।
प्रकाशित: १० भाद्र २०८३ ११:०४ बुधबार




