१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

भीमार्जुनको प्रश्न: नेताहरूलाई सभा सम्मेलन जान रोक लाउने हो भने कसरी चुनाव हुन्छ?

संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई सभा सम्मेलनमा जान रोक लगाएको विषयमा प्रश्न उठाएका छन्। बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई सिमरा जान रोक लगाएको विषयलाई लिएर संविधानविद् आचार्यले यसरी चुनाव कसरी हुन्छ? भन्दै प्रश्न गरेका हुन्। 

‘नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम गर्न पाइन्छ कसरी?’ 

‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र?’ भन्दै आचार्यले अर्को प्रश्न गरेका छन्। ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नुपर्‍यो । उत्तेजना बढाउने काम कसैको हितमा हुन सक्दैन,’ आचार्यले अगाडि लेखेका छन्।

प्रकाशित: ३ मंसिर २०८२ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App