१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भीम रावल भन्छन्: संविधानका कयौं दफाले भ्रष्टाचारलाई नै प्रसय दिइरहेको छ

मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले वर्तमान संविधानका धेरै दफाले भ्रष्टाचारलाई नै प्रसय दिइरहेकाले धेरै कुराहरु खारेज गर्नुपर्ने बताएका छन् ।  

शनिबार देश बचाउँ देश समृद्व बनाउँ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा उनले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताए।

उनले भने, ‘प्रधानमन्त्रीले भनेको मैले सुनेको छु । हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु । यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’

उनले भ्रष्टाचारको जड नेताहरु मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म  महामारीको रुपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात युवा पुस्ताले काम गर्नुपर्ने बताए ।  

‘भ्रष्टाचारको जडको नेताहरुमा मात्र देख्नु भएको छ । नेताहरुलाई कारवाही त गर्नैपर्छ । यसमा विवाद छैन् । तर वडादेखि विकास समितिका प्रत्येक क्षेत्रमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ,’ उनले भने, ‘यसको जरो उखेल्नलाई शल्यक्रिया जरुरी छ । आजको जेनजी अर्थात युवा पुस्ताले शल्यक्रिया गर्न तयार हो कि हैन, मेरो प्रश्न छ ।’ उनले यो संविधानका कयौं दफाहरुले भ्रष्टाचारलाई प्रसय दिएको समेत बताए । 

प्रकाशित: १५ कार्तिक २०८२ १९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App