१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भीम रावलको आरोप: सरकारले कानुन बनाएर विदेशी सेना नेपाल ल्यायो

पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारले कानुन बनाएर नै विदेशी सेना नेपाल आउने बाटो खोलेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,'एउटा कानुन आएको सुनेँ । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो । अब हेर त, विदेशी सेना आउने भयो कि नाइ ? अब विदेशी सेना आएपछि हामीलाई खीर खान दिन्छ ?'

उनले अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । उनले भने,'अहिले भर्खरै संसदबाट एउटा  कानुन पारित भयो। अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खाली राख्ने रे ! यो देशलाई कहाँ लैजान लाग्या हो ? दिने बेला वंशजको नागरिकता भन्ने, बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? अब यस्तो राजनीति गरेपछि खिर खाने दिन रहँदैन धेरै।' 

प्रकाशित: १७ श्रावण २०८२ १८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App