१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भीम रावलको आरोप: हेलिकप्टरबाट भाग्ने ओली भक्तपुरबाट जनतालाई धम्क्याउँदैछन्

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘देशलाई सुरक्षा दिन नसकेर हेलिकप्टरबाट भागेको’ आरोप लगाएका छन्। शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले यस्तो आरोप लगाएका हुन्। 

‘यो देशलाई सुरक्षा दिन नसकेर, राष्ट्रिय सुरक्षा समितिको बैठक समेत बोलाउन नसकेर हेलिकप्टरबाट भाग्ने केपी ओली जस्ता व्यक्तिहरूले अनि भक्तपुरको एउटा कुनामा बसेर फेरि जनतालाई धम्क्याउने, तर्साउने?,’ रावलले भने, ‘त्यस्ता कुरालाई रोक्नका लागि तपाईँ(कार्यकर्ता)हरू अगाडि बढ्नुहोस्।’ कार्यकर्तालाई नेतृत्व दिन नेपाली कम्युनिस्ट पार्टी तयार रहेको रावलले बताए। 


 

प्रकाशित: १२ मंसिर २०८२ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App