१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २२:३१ अपराह्न
राजनीति

भट्ट लक्षित थापाको टिप्पणी: निजी स्वार्थका लागि विवेक बन्धक राख्ने हो भने मानवको विशेषता सकिन्छ

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले निजी स्वार्थका लागि विवेक बन्धक बनाउन नहुने टिप्पणी गरेका छन्। विवेक र सिर्जनाले मानिसलाई अरु प्राणीहरूभन्दा भिन्न बनाएको उल्लेख गर्दै थापाले फेसबूकमा लेखेका छन्,'निजी स्वार्थका लागि विवेक र सिर्जनात्मक सोचलाई बन्धक राख्ने हो भने मानवको विशेषता समाप्त हुन्छ र स्वाभिमान सकिन्छ।'

उनले विवेकशील, सिर्जनशील र स्वाभिमानी बन्न आग्रहसमेत गरेका छन्। 'सत्यको पक्षमा उभिने ऊर्जा हरेकको मन/ मस्तिष्कमा उत्पन्न हुन्छ, बनौँ,' थापाले थप भनेका छन्।

यसअघि एमाले सचिव लेखराज भट्टले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका थिए। भट्टले ओलीलाई 'अद्भुत' भन्दै भनेका थिए, 'उहाँ (केपी शर्मा ओली) लाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्ति-पूजाबाट प्रेरित भएको होइन। उहाँजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने अरू नेता नेपालमा छैनन्।'

भट्टको यो अभिव्यक्तिका प्रति लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्। थापा एमालेका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीनिकट हुन्। थापालाई गत असार १४ गते सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीको 'अघोषित प्रवक्ता'समेत भन्न थालिएको छ।

यो पनि पढ्नुहोस्

ओलीको प्रशंसामा भट्ट, भन्छन्: उहाँलाई समर्थन गर्नु व्यक्ति-पूजा होइन, आवश्यकता हो

प्रकाशित: २३ श्रावण २०८२ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App