२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कैलालीका पाँच क्षेत्रमा घण्टी बज्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्। 

निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले ‘यो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लेखराज भट्टले नौ हजार ४४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराम चौधरीले पाँच हजार ६०९ मत प्राप्त गरेको’ जानकारी दिए। 

आजै सार्वजनिक गरिएको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित भएका छन्। शनिबार निर्वाचन क्षेत्र नं १, ३ र ५ को मतगणनाको आन्तिम नतिजा सार्वजनिक गरेको थियो।

क्षेत्र नं १ मा रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६, क्षेत्र नं ३ मा रास्वपाका जगतप्रसाद जोशी १९ हजार ८९३ र क्षेत्र नं ५ मा पनि रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ १६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App