४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल

नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रियसभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व गठन गरेको हो।

प्रकाशित: ११ माघ २०८२ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App