४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बसन्तपुर इन्द्रजात्राः बालेनले राष्ट्रपतिको स्वागत गरे, प्रधानमन्त्रीको स्वागतमा देखिएनन्

काठमाडौंको बसन्तपुुरमा शनिबार भइरहेको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूले अवलोकन गरेका छन्। दिउँसो बसन्तपुर पुगेर देशका प्रमुख पदाधिकारीले इन्द्रजात्रा अवलोकन गरेका हुन्।  

यस्तोमा इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आफै स्वागत गरेका छन्। तर, प्रधानमन्त्री ओलीको स्वागतमा भने बालेन देखिएनन्। प्रधानमन्त्री ओलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले स्वागत गरेको तस्बिरमा देखिन्छ।  

अघिल्लो वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने उपस्थित छन्। प्रधानमन्त्री ओलीसँग बालेनको राम्रो सम्बन्ध छैन। यहीकारण गतवर्ष उनी इन्द्रजात्रामा सहभागी नभएको टिप्पणी भएको थियो।  

प्रकाशित: २१ भाद्र २०८२ १६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App